भारतको बंगालमा एक युवतीको होटलमै विभत्स ह-त्या भएको छ । मंगलबार दिउँसो एक युवकसँग होटलका कपल रुममा छिरेका ती युवतीको घाँटी छिनालिएको अवस्थामा भेटिएको हो ।

स्थानीय समाचार माध्यकमहरुका अनुसार उनीहरु मित घोष र चुमकी घोषको नाम टिपाएर न्यूटाउनस्थित होटलको रुममा प्रवेश छिरेका थिए । होटल कान्टरमा उनीहरुले मंगलबार साँझ ७ बजेभित्र निस्कीसक्ने बताएका थिए ।

तर साँझ  ७ बजेपछि पनि उनीहरु ननिस्कीएपछि होटल संचालकले कोठामा अवलोकन गर्दा ठूलो साउण्डमा टीभी बजिरहेको पाएका थिए । तर कोठाको बाहिर ताल्चा लगाइएको थियो । साँझ ८ बजेसम्म पनि उनीहरुले ढोका नखोलेपछि अर्को चावीले कोठा खोलिएको थियो ।

सो क्रममा युवतीको घाँटी छिनाइएको अवस्सथामा वेडमा शव पाइएको स्थानीय प्रहरीलाई उदृत गर्दै त्यहाँको समाचार माध्यमहरुले बताएका छन् । त्यसपछि आइडी कार्डको सहयोगमा विवरण संकलन गरेर हेर्दा उनीहरु दुवै मिदनापुरका भएको पुष्टी भएको छ।

तर ती मृतक युवतीसँग कोठमा पसेका युवक बीचमै केहीबेरमा आउछु भन्दै निस्कीएको खुलेको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुशन्धान गरिहेको बताइएको छ ।