केपी शर्मा ओली पक्षीय नेकपाको बालुवाटारमा बसिरहेको केन्द्रिय समिति बैठकमा नेता रामबहादुर थापा सहभागी भएका छन ।संसद विघटनपछि पार्टी विभाजनको श्रृंखलामा कतै नखुलेका बादल अध्यक्ष ओली पछिको बरियतामा पर्ने पक्का भएपछि खुलेका हुन ।

उनी वर्तमान सरकारका गृहमन्त्री समेत हुन ।उनको सचिवालयले भने निकटका नेताहरुलाई बुधबार नै ओली पक्षको बैठकमा जाने पक्का भएको सुनाएका थिए । ओली पक्षले बादललाई दोस्रो बरियता दिने बताएको छ । बादल निकट मानिएका नेता देब गुरुङ र नेतृ पम्फा भुषालले भने उनलाई छाडिसकेका छन ।