भारतको ओडिसाको गंजाम जिल्लामा अन्तिम संस्कारका लागि लगिएको मुर्दा अचानक उठेर चितामा बसेको छ । यो घटना अहिले भारतमा निकै चर्चामा आएको छ । शवलाई जलाउन गएकाहरु चाहिँ मुर्दा अचानक चलमलाउन थालेपछि भूत भन्दै डराएर भागेका थिए । तर, तत्काल त्यहाँ भएका कसैले एक चिकित्सकलाई खबर गरे । उनीहरुले मृत भनिएका ती व्यक्ति सीमान्चक मलिकलाई अस्पतालमा पुर्याए ।

अहिले ती व्यक्तिको स्वास्थ्य स्थीर भएको त्यहाँका चिकित्सकले भारतीय मिडियालाई बताएका छन्।शनिबार जंगलमा बाख्रा चराउन गएका मलिक आइतबारसम्म घर नआएपछि खोज्न गएका व्यक्तिहरुले उनी मृत भएको भन्दै घाटमा पुर्याएका थिए । उनलाई ज्वरो आएका कारण उनी बेहोस भएको चिकित्सकहरुले बताएका छन् ।