प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गरेका छन्। संसद विघटन गरेपछि ७ जना मन्त्रीले राजीनामा दिएका थिए।  प्रधानमन्त्रीको सचिवालयका अनुसार साँझ ६ बजे उनीहरुले सपथ लिने छन्।

थप गरिएका मन्त्रीमा टोपबहादुर रायमाझी, मणि थापा, दावा लामा, प्रभु साह र गौरीशंकर चौधरी रहेका छन्। उनीहरु पूर्वमाओवादी हुन। पूर्वमाओवादीका रामबहादुर थापा र लेखराज भट्टले भने मन्त्रीबाट राजीनामा दिएका थिएनन्।