नेपाल तरुण दल रघुगंगा गाउँपालिका वडास्तरमा संगठन विस्तारमा जुटेको छ । नेपाली काङ्ग्रेस म्याग्दी भ्रातृ संस्था समेत रहेको तरुण दलले वडा इकाई समितिको पदपूर्ति समिति पुनर्गठन तथा संगठन बिस्तार र संगठन सुदृढीकरणको अभियानलाई तिब्रता दिएको हो ।

यूवाहरुलाई संगठनमा आवद्ध गराउँदै विकास निर्माण र सामाजिक गतिविधिमा केन्द्रीत गर्ने गरी वडा नं ५ झिँमा रमेश पाईजाको संयोजकत्वमा १५ सदस्यीय समिति पुर्नगठन गरिएको छ ।

झिँ मा आयोजित कार्यक्रममा वडा इकाईले टोलटोल तथा आवश्यकता अनुसार सदस्यता वितरण सहित संगठनमा आबद्ध गराउन सक्ने तरुण दल जिल्ला सदस्य मनकुमार शेरपुञ्जाले बताए । उनले गाउँपालिका भित्रका सबै वडास्तरमा संगठन विस्तार सहितका अभियान सञ्चालन गरी दोस्रो चरणका कार्यक्रममार्फत थप योजना सहित आउने बताए ।

कार्यक्रममा तरुण दल गाउपालिका संयोजक प्रदीप कुमार पाइजाले समाजमा आवश्यक पर्ने गतिविधिमा तरुण दलले साथ दिने बताए । नेपाली कांग्रेस झि वडा इकाई सभापति गोबिन्द पाइजा लगायतको उपस्थिती रहेको थियो ।