नेपाल तरुण दल बेनी नगरले वडास्तरमा संगठन विस्तारलाई तिब्रता दिएको छ । नेपाली काङ्ग्रेस म्याग्दी भ्रातृ संस्था समेत रहेको तरुण दलले वडा इकाई समितिको पदपूर्ति समिति पुनर्गठन तथा संगठन बिस्तार र संगठन सुदृढीकरण अभियान अन्तरगत शनिबार बेनपा–९ घतानमा बिष्णु चोखालको अध्यक्षतामा ५३ सदस्यीय समिति पुर्नगठन गरिएको छ।

समितिको उपाध्यक्षमा सन्दिप चोखाल,सचिवमा मदन खत्री, कोषाध्यक्ष रेबिसन बरुवाल सहित ५३ सदस्य रहेको तरुण दलका केन्द्रीय पार्सद रबी कार्कीले जानकारी दिए । नेपाली कांग्रेस म्याग्दीका पार्टी सभापती खमबहादुर गर्बुजा खम्बीरले यूवाहरुलाई संगठनमा आवद्ध गराउँदै विकास निर्माण र सामाजिक गतिविधिमा केन्द्रीत हुन आग्रह गरेका थिए।

उनले यूवाहरुलाई संगठित हुन बताउँदै वर्तमान सरकारले संसद विघटन गरेको बिरुद्धमा म्याग्दीमा आन्दोलन गरिने बताए । त्यस्तै संविधान सभा सदस्य रेशमबहादुर बानियाँ, तरुण दल म्याग्दीका अध्यक्ष मुकुन्द छन्त्याल, पार्टी सचिव क्या मिन बहादुर कार्की, नेबिसंघ सभापती निर्मल खत्री लगायतले बोलेका थिए ।

कार्यक्रममा निर्वतमान अध्यक्ष रामचन्द्र कार्कीको अध्यक्षता, सचिव मधु गिरीको सञ्चालन र वडा इकाइ सभापती चक्र केसीको स्वागतमा सम्पन्न भएको थियो । घतानमा आयोजित कार्यक्रममा वडा इकाईले टोलटोल तथा आवश्यकता अनुसार सदस्यता वितरण सहित संगठनमा आबद्ध गराउन सक्ने तरुण दलले जनाएको छ। बेनी नगका १० वटै वडामा अभियान सञ्चालन गरिने छ ।