पछिल्लो केही दिनयता काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ ।  अघिल्लो वर्षको तुलनामा यस वर्ष बढी चिसो भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । गत वर्ष पुस १४ गते काठमाडौँको न्यूनतम तापक्रम दुई दशमलव तीन डिग्री रहेकामा यस वर्ष एक दशमलव एक पुगेको छ ।

दिउँसोपख घाम लागे पनि बिहान र बेलुका बढी चिसो हुने गरेको छ । यसअघि यस वर्ष काठमाडाैंकाे न्यूनतम तापक्रम १ दशमलव ३ डिग्री सेल्सियससम्म झरेको थियो । गएको शनिबार न्यूनतम तापक्रम १ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको थियो । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम एक दशमलव एक डिग्री र १७ देखि १९ सम्म पुग्ने अनुमान गरिएकाे छ ।