(विनय श्रेष्ठ) बेनी बजार जता माया उतै छ नजर किरेमिरे जाले रूमाल । कुनै बेला म्याग्दी जिल्लालाई चिनाउन टीका प्रसाद श्रेष्ठद्वारा रचित र मन कुमारी छन्त्याल श्रेष्ठकाे स्वर रहेकाे माथि उल्लेखित गित गाउनु पर्दथ्याे ।

राजधानी लगायत शहरहरूमा ठाउँ साेध्दा बागलुङ भन्दा थाेरै उत्तर दिनुहुन्थ्याे रे । तर अहिले म्याग्दीलाई चिनाउन हामीसंग प्रशस्त मार्गहरू छन् । एकातिर धार्मिक तथा पर्यटकिय स्थलहरू त अनगिन्ती छदैछन् अर्काेतर्फ म्याग्दीमा जन्मेर व्यक्तिगत सफलता हासिल गरेका कारण म्याग्दी जिल्ला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चर्चित बनेकाे छ ।

पछिल्लो वर्षहरूलाई मात्र फर्केर हेर्नेहाे भने पनि धेरै व्यक्तिहरुकाे व्यक्तिगत सफलताहरू धेरै पाईन्छन् । म्यागासेसे पुरस्कार विजेता डा. महाविर पुन अाविस्कार केन्द्रमा व्यस्त छन् भने निर्मल पुर्जा हिमाल अाराेहणमा । सपना पुमगरले बेवारिसे लास जलाएर बिश्व कै उत्कृष्ट सय महिलामा परेर चकित बनाईन भने पुर्व सांसद चन्द्र प्रकाश वानियाँले “महारानी” उपन्यासबाट मदन पुरस्कार जितेर म्याग्दीलाई पुन चर्चित बनाईन ।

याेगेन्द्रमान शेरचनदेखि कै राजनैतिक व्यक्तिहरूकाे चर्चा गर्ने हाे भने लामै सुची बन्न सक्छ । संघसंस्था कै कुरा गर्ने हाे भने धनञ्जय कुमार श्रेष्ठले नेपाल जेसीजकाे राष्ट्रिय अध्यक्ष बनेर म्याग्दीको थप पहिचान दिन सफल रहे । अहिले पनि संघसंस्थामा राष्ट्रियस्तरकाे पद प्राप्तक्रम जारी छ ।

खड्ग गर्बुजा लगायत सांस्कृतिक क्षेत्रकाे नालीबेली काेट्याउने हाे भने महाकाव्य बन्न सक्छ । कुनै बेला मनाेरञ्जन र स्वास्थ्यकाे फागि खेलिने खेलमा पनि तारदेवी पुन-भाराेत्ताेलन, कमला पुन, मिलन मल्ल र अशाेक शेरचन-भलिबल, बिन्दु पुन मगर-उसुले राष्ट्रिय तथा अन्तरास्ट्रिय पदक जितेेर म्याग्दीको नाम अमर गरेका छन् ।

व्यक्ति कै सफलताले म्याग्दीकाे नाम सुनाैलाे अक्षरले लेख्ने माैका फेरि एक म्याग्देली चेलीलाई जुट्दैछ । २७ वर्ष अघि माता कमला शाही र पिता कुविर शाहिकाे काेखबाट म्याग्दी जिल्लाकाे राखु जन्मेकि चेली, हेर्दा लाग्छ उनी भलिबल खेल खेल्न कै लागि जन्मिएकिहुन् ।

विद्यालयमा साथीसंगीसँग भकुण्डो खेल्दा खेल्दै सदरमुकाम बेनीमा बिरेन्द्र शिल्डकाे भलिबल खेलमा अाफ्नाे प्रतिभा प्रस्तुत गरेपछि उनले कहिल्यै पछाडि फर्केर हेर्नू परेन ।

जिल्ला र अञ्चलकाे प्रतिनिधित्व गर्दै पदक दिलाउदै अघि बढेकी उनले पाेखराकाे क्लवबाट व्यवसायिक खेल शुरु गरेपछि अाफ्नाे खेलमा निखारपन मात्र अाएन राष्ट्रिय तथा अन्तरास्ट्रिय अनुभव सहित पदक जित्ने अवसर मिल्याे। यहाँ चर्चा गरिएकाे पात्र अरू काेहि हाेईनन्-उनी हुन राष्ट्रिय महिला भलिबल टिम नेपालका टिम क्याप्टेन अरूणा शाही।

यिनै अरूणा शाहीको क्याप्टन्सीमा नेपालले बंगला देशमा सम्पन्न एशियन भलिबल कन्फेडेरेशन सेन्ट्राेलजाेन सिनियर महिला भलिवल प्रतियाेगितामा स्वर्ण पदक हासिल गरेकाे थियाे ।

उक्त प्रतियोगिताले नेपालकाे पदककाे खडेरी मात्र अन्त्य गरेर काठमाडौंमा सम्पन्न १३ अाै साग (दक्षिण एशियाली खेल)मा चिर प्रतिद्वन्द्वी भारतलाई फाईनलमा चुनाैति पेश गर्दै रजत पदक हासिल गर्याे ।

१२ अाैं सस्करणमा समेत काश्य पदक हात पारेका थिए । भलिवल खेलका सधैं विभिन्न विधामा पुरस्कृत हुने शाही म्याग्दी जेसीजकाे सिफारिसमा नेपाल जेसीजबाट उत्कृष्ट युवा पुरस्कार -२०१९ बाट समेत पुरस्कृत बनेका थिए । भलिबललाई नै अाफ्नाे जीवन ठान्ने शाही नेपाल खेलकुद पत्रकार मञ्चद्वारा अायाेजित एन.एस.जे.एफ.अवार्ड अन्तर्गत पिपल्स च्वाईस अवार्डकाे मनाेनयमा परि फेरि चर्चाकाे शिखरमा छिन् ।

उनी यस अवार्डबाट सम्मानित भईन भने म्याग्दीकाे मात्र हाेईन नेपाल कै नाम फेरि चुर्लिनेछ । म्याग्देलीकाे मात्र हाेईन नेपाल कै परिक्षा हाे याे । अरुणालाई म्याग्देली मात्र ठान्नु अन्याय हुनेछ । अरूणाकाे जित म्याग्देलीकाे मात्र हाईन देशकाे जित हाे । त्यसैले देश विदेशमा रहेका म्याग्देली सहित सम्पुर्ण नेपालीले शाहीलाई साथ दिने बेला अाएकाेछ । ई-सेवा डाउनलाेड गरि भाेट दिई विजेता बनाउने बेला अाएकाेछ । अब ढिला नगराै । याद गराै समग्र नेपाललाई अनि म्याग्दीलाई चिनाउने अब पालाे अरूणाकाे हाे