जाँदाजाँदै टोलीले दुवै पक्षलाई मेलमिलापको सानो सन्देश भने दिएको छ, ‘तत्काल नमिले पनि प्रतिनिधिसभा पुनःस्थापना भएन र निर्वाचनमा जाने अवस्था आयो भने सहकार्य गर्नोस्। नत्र नेपालबाट कम्युनिस्ट शक्ति लामो समयका लागि पछाडि धकिएला।’
नेकपाकोे आन्तरिक कलहले प्रतिनिधिसभा विघटन भएको र पार्टीसमेत दुई चिरा भएको उनीहरूको ठम्याइ छ। प्रतिनिधिसभा विघटन र नेकपामा आएको फुटले नेपाललाई थप अस्थिरतातर्फ धकेल्नेमा कुनै सन्देह नरहेको चिनियाँ पक्षको बुझाइ रह्यो। सोही ठम्याइ लिएर चिनियाँ टोली फर्किएको विश्लेषकहरूले बताएका छन्। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।