नेपाल खेलकुद पत्रकार मञ्चको पिपल्स च्वाइस अवार्डको मनोनयनमा परेकी राष्ट्रिय भलिबल टोलीकी क्याप्टेन अरुणा शाहीलाई जिताउ अभियान गृह जिल्ला म्याग्दीमा अभियान सुरु गरिएको थियो । जिल्ला भलिबल संघ म्याग्दीले शाहीलाई विजेता बनाउन बिहिबारदेखि घरदैलो सहित अभियानको सुरुवात गरेको हो ।

जिल्लाको रघुंगंगा गाउँपालिका वडा नं ३ पिप्लेकी शाहीले राष्ट्रिय टोलीबाट माल्दिभ्ससँगको मैत्रीपुर्ण, भारतसँगको मैत्रीपुर्ण, साउथ एसियन आमन्त्रण भलिबल च्याम्पियनसिप, एभीसी सेन्ट्रल जोन र १२औं दक्षिण एसियाली खेलकुद (साग) खेलेकी अरुणाको कप्तानीमा नेपालले २० बर्षपछि अन्तराष्ट्रियस्तरको भलिबल प्रतियोगिताको उपाधी जिताउनसफल भएकी थिईन् ।

अरुणा जिताउ अभियान सुरु गरिएको भलिबल संघ म्याग्दीका अध्यक्ष रमेशकुमार श्रेष्ठले बताए ।उनले अरुणाको भलिबलमा प्राप्त सफलताले म्याग्दीको गरिमा समेत उच्च भएको बताउँदै अवार्ड विजेता बनाउन अपिल गरेका छन् ।

अभियानको म्याग्दीमा भलिबल खेलाडी एवम् प्रशिक्षक तेजेन्द्र बानियाँले संयोजन गरेका छन् । संयोजक बानियाँले नेपाली महिला भलिबल टोलीको नेतृत्व गर्ने अवसरसँगै यो मनोनयनमा परेका पाँच खेलाडीमा अरुणलाई उत्कृष्ट बनाउन स्वदेश तथा विदेशमा अभियान सञ्चालन गर्ने बताए ।

नेपालमा नै आयोजना भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग) का साथै वर्षभरको खेल प्रदर्शनका आधारमा उत्कृष्ट खेलाडीको छनौटमा परेकी हुन् । अन्तराष्ट्रियस्तरमा शाहीको कप्तानीमै स्वर्ण र सार्कको इतिहासमा पहिलोपटक दोस्रो भएको महिला भलिबलमा रजत पदक जित्न सफल भएको थियो ।

मनोनयनमा परेका खेलाडीलाई ई–सेवामार्फत एसएमएम भोटिङ, फेसबुक लाइक, खेलकुद मञ्चका सदस्यको भोट र राष्ट्रिय संघका मुख्य प्रशिक्षकको भोटको आधारमा विजेता छनोट गरिनेछ। भोटिङका लागि ई–सेवाको एप डाउनलोड गरी खेलाडीको प्रोफाइलमा गएर भोट गर्न सकिने मञ्चले जनाएको छ।

भोटिङलाइन शुक्रबारबाट सुरु भई पुस २७ गते राति १२ः०० बजेसम्म खुला रहने छ। यसैबीच सन् २०१४ मा नेपालमा आयोजना भएको माल्दिभ्ससँगको मैत्रीपुर्ण खेलबाट राष्ट्रिय टोलीमा ‘डेब्यु’ गरेकी शाहीले मनोनयनमा परेपछि स्वदेश तथा विदेशमा रहेका भलिबलका शुभचिन्तकलाई सहयोग गर्न अपिल गरेकी छन् ।