प्रमुख विपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ। आइतबार बसेको केन्द्रीय समितिको बैठकले पुस २५ देखि माघ ८ गतेसम्म निर्वाचन क्षेत्रदेखि वडा तहसम्मको विरोध प्रदर्शनको कार्यक्रम तय गरिएको केन्द्रीय सदस्य नविन्द्रराज जोशीले जानकारी दिए।

उनका अनुसार पुस २५ गते देशभरका सबै निर्वाचन क्षेत्रमा, ३ गते सबै पालिका स्तरमा र ८ गते सबैवडामा विरोध प्रदर्शन कार्यक्रम तय गरिएको छ ।