पर्वतको जलजला गाउँपालिकाले पञ्चवर्षीय योजना तर्जुमा शुरू गरेको छ । टुक्रे योजनालाई गाउँपालिकाको केन्द्रसम्म जोड्दै विकासको अनुभुति नागरिकसम्म गराउने उद्देश्यले योजना तर्जुमा गर्न थालिएको हो ।

कार्यक्रममा सहभागीहरुले परिणाममुखि कामका लागि योजनावद्ध विकासको आवश्यकता औंल्याए । पञ्चवर्षीय योजनाले आगामी स्थानीय सरकारका लागि पनि विकासका काम अघि बढाउन मार्गप्रशस्त गर्नेछ ।

योजनाविनाको विकासले विकास र समृद्धिको लक्ष्य हासिल गर्न नसकिने भएकोले गाउँपालिकाले आवधिक योजना तर्जुमा गर्न लागेको हो । योजना तर्जुमा गर्दा गाँउपालिकाका नौ वटै वडा तहमा पुगेर स्थानीयको आवश्यकता, स्थानीय उत्पादन र प्राकृतिक श्रोतको उपयोग लगायतका विषय समेट समेटिने बताइएको छ ।