नेकपाको पुुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहले गण्डकी पृथ्वीसुब्बा गुरुङलाई गण्डकी प्रदेश इन्चार्जको जिम्मेवारीबाट हटाएको छ ।

सोमबार पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले गण्डकी प्रदेश इन्चार्ज गुरुङ  र लुम्बिनी प्रदेश इन्चार्ज पोखरेललाई जिम्मेवारीबाट हटाएको हो ।  बैठकले लुम्बिनी प्रदेशमा युवराज ज्ञवाली र गण्डकी प्रदेशमा देवेन्द्र पौडेललाई इन्चार्ज तोकेको छ । बैठक नेपालको अध्यक्षतामा बसेको थियो ।