शिओमिनमाथि सुनाइएको मृत्युदण्डको सजायलाई लिएर मानवअधिकारवादीहरुले चिन्ता व्यक्त गरेका छन् । उनीहरुले शिओमिनलाई सो सजाय दोषभन्दा निकै ठूलो भएको उनीहरुको भनाई छ ।  शिओमिनलाई सन् २०१८ मा पक्राउ गरिएको थियो ।

उनीमाथि २८० मिलियन अमेरिकी डलर घुस लिएको आरोप छ । लाई शिओमिनलाई सुनाइएको मृत्युदण्डको सजाय राष्ट्रपति सी जिनपिङको भ्रष्टाचारविरोधी अभियानको हिस्सा भएको र सोही अनुसार कठोर सजाय सुनाएको बताइएको छ ।चिनियाँ अधिकारीका अनुसार लाई शिओमिनले ह्युआरोंग एसेट म्यानेजमेन्ट कम्पनीको अध्यक्ष हुँदा घुस लिएका थिए । उनले १९९९ मा यो वित्तीय कम्पनीको स्थापना गरेका थिए ।