संघीय संसदकाे माथिल्लाे सदन राष्ट्रिय सभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठककाे मुख्य कार्यसूचीमा प्रधानमन्त्रीद्वारा मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने रहेकाे छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसी आयोगको वार्षिक प्रतिवेदन सभामा पेश गर्नुहुनेछ । यसैगरी राष्ट्रिय सभाध्यक्षले राष्ट्रिय सभाअन्तर्गतका विषयगत समितिमा रहने सदस्यहरुको नाम समेत मनोनयनका लागि प्रस्ताव गर्ने कार्यसूची रहेकाे छ ।

यसका साथै मुलुककाे पछिल्लाे राजनीतिक संकट, विशेषगरी संसद विघटन र त्यसपछिकाे अवस्थाबारे राष्ट्रिय सभाका सदस्यहरूले सरकारको ध्यानाकर्षण गराउने  तयारी समेत रहेकाे बताइएकाे छ ।

यही पुस ५ गते संघीय संसदकाे तल्लाे सदन प्रतिनिधिसभा विघटन गरिएकाे थियाे । त्यसपछि राष्ट्रियसभाको  पहिलाे बैठक यही पुस १७ गते बसेको थियो भने त्यसपछि अाज बस्न लागेकाे हाे ।