काठमाडौंको टोखामा भर्खरै अमेरिकाबाट आएका श्रीमानको हत्या गरि श्रीमतीले पनि आत्मह’त्या गरेका छन् । टोखाको ग्राण्डी अस्पताल छेउको हाउजीङमा बस्दै आएका एक दम्पती कोठा भित्र मृत भेटिएपछि प्रहरीले गरेको प्रारम्भीक अनुशन्धानका क्रममा श्रीमतीले श्रीमानको ह’त्या गरि आत्मह’त्या गरेको पत्तो लागेको हो ।

प्रहरीका अनुसार उनीहरु सुर्खेत स्थायी घर भएका दम्पती हुन् । मृत भेटिएका दम्पतीको नाम श्रीमान उमेश केसी रहेका छन् भने श्रीमती सुदिक्षा गिरी रहेकी छन् । जसमा श्रीमान उमेश केही दिनअघि मात्रै अमेरिकाबाट आएको खुलेको छ । त्यसपछि उनीहरुबीच बिवाद हुँदै आएको प्रहरी अनुशन्धानका क्रममा खुलेको बताइएको छ ।

घटना पछि पुगेकाे प्रहरीकाे टाेलीले बन्द कोठा भित्र उमेश वेडमै मृत भेटिएको र सुदिक्षाको शव झु’ण्डिएको अवस्थामा भेटिएकाले श्रीमानको ह’त्यापछि आ’त्मह’त्या भएको हुनसक्ने प्रहरीको भनाइ छ ।

प्रहरीले घटनाको सम्बन्धमा थप अनुशन्धान गर्ने र सत्यतथ्य पत्ता लगाउन थप अध्यायन गर्ने जनाएको छ । मृतक दुवैको शवको मुचुल्का तयार गरि पाेष्टमार्टम गर्ने तयारी भइरहेको प्रहरीको भनाइ छ । news24nepal.tv