राष्ट्रिय सभाकाे आज बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दै हुनुहुन्छ । दिउँसो १ बजे प्रधानमन्त्रीले सम्बोधन गर्ने बताइएकाे छ । यद्यपि राष्ट्रय सभाकाे कार्यसूचीमा प्रधानमन्त्रीले सम्बाेधन गर्ने उल्लेख छैन । प्रधानमन्त्री आफैँले राष्ट्रिय सभामा सम्बाेधन गर्ने भनेकाले तयारी गरिएको बताइएको छ ।

संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा प्रधानमन्त्रीले समसामयिक राजनीतिक परिस्थितिबारे बाेल्ने तयारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

यही पुस ५ मा संसद विघटन गरिएपछि  राष्ट्रिय सभामा प्रधानमन्त्रीकाे असंवैधानिक कदम भन्दै विरोध भैरहेको छ । साथै राजनीतिक रुपमै सत्तारूढ दल नेकपा दुई समूहमा विभाजित भइरहेकाे छ ।

राष्ट्रिय सभालाई सम्बोधन गर्न लाग्नुभएका प्रधानमन्त्री ओलीले  थारू आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको जनाइएकाे छ ।