म्याग्दी १५ मंसीर/अमीक शेरचन पक्षधर जनमोर्चा नेपालको जिल्ला अध्यक्षमा पुनः आईतेलला नेपाली चयन भएका छन् ।

शनिबार भएको जिल्ला भेलाले पुनः अईतेलाल नेपालीको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कमिटि गठन गरेको छ । नब गठीत जिल्ला कमिटिको उपाध्यक्षमा एस एन शर्मा सचिब डिबि शेरचन र कोषाध्यक्षमा माया नेपाली चयन भएका छन् । त्यसैगरि सदस्यहरुमा हिरा पुन पनिषा परियार र कमला बि।s। रहेका छन् । शनिबारै भएको जिल्ला भेलाले जनमोर्चा नेपालको भातृ संगठन अखिल नेपाल महिला संघको समेत गठन गरेको छ । नबगठीत अखिल नेपाल महिला संघको अध्यक्षमा सरस्वती नेपाली उपाध्यक्षमा बिना शाही सचिबमा कमला बि।s। र कोषाध्यक्षमा लक्ष्मी पुर्जा रहेका छन् । त्यसैगरि सदस्यहरुमा गौमती नेपाली पृथ्बीमाया पुन दिलकुमारी परियार रहेका छन् ।

भेलामा जनमोर्चा नेपालका केन्द्रीय सदस्य एबं धौलागिरि अाचल ईन्चार्ज प्रकास पोखरेलले मन्तब्य राखेका थिए ।

अमृत बास्कुने