बेनी नगरपालिका-१, रत्नेचौरमा महिलाको लगानी तथा ब्यवस्थापनमा सञ्चालित रत्नेचौर महिला बचत तथा ऋण सहकारी संस्थाको सातौ साधारण सभाबाट सुनिता बोगटीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ।

सामाजिक,आर्थिक र महिला शसक्तीकरणको मुख्य उदेश्यका साथ स्थापना भएको सहकारीको उपाध्यक्षमा सरिता देवी शर्मा, सचिवमा सुलोचना बोगटी खत्री, सह–सचिव सिता थापा क्षेत्री, कोषाध्यक्ष गिता भण्डारी चयन गरिएको छ भने सदस्यहरुमा सुशिला भण्डारी, निर्मला कार्की खत्री, सारदा केसी, अस्मिता बोगटी, लेखा समिति संयोजक कल्पना थापा क्षत्री, सदस्यहरु सम्झना पुन र दिपा पुन रहेको सचिव सुलोचना बोगटीले जानकारी दिइन् ।

२ करोड ९३ लाख ७६ हजार ७८७ लगानी रहेको सहकारीको शेयर पुँजी ५८ लाख ३ हजार ६ सय र बचत ३ करोड ४५ लाख रहेको छ । सहकारीले पशुपालन, कृषि, ब्यवसायलाई प्राथमिकता दिएर लगानी गरेको छ। करिब ७ सय शेयर सदस्य रहेको सहकारीले महिलाको आर्थिक सुधार सहित महिला सम्बन्धि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने गरेको अध्यक्ष सुनिता बोगटीले जानकारी दिईन् ।

सानो लगानीमा रहरलाग्दो आम्दानी हुने क्षेत्रलाई केन्द्रित गरी लगानीलाई प्राथकिता दिने गरेको अध्यक्ष बोगटीको भनाई छ । महिलालाई परिवारका अन्य सदस्यमा निर्भर हुने अवस्थाको अन्त्य गर्न उत्पादनमुखी क्षेत्रमा लगानी बढाउने अध्यक्ष बोगटीको भनाई छ । साधारसभाको वडा अध्यक्ष टेकबहादुर रावलले उद्घाटन गरेका थिए ।