प्रचण्ड नेपाल-समुहका अध्यक्ष माधव कुमार नेपालले सूर्य चिन्ह आफूले स्थापित गरेको दावी गर्नु भएको छ । अध्यक्ष नेपालले २०४८ सालमा आफूले नेकपा एमालेको जिम्मेवारी लिदा निर्वाचन आयोगमा गएर सूर्य चिन्ह रोजेको दावी गर्नुभयो ।

सूर्य चिन्ह अरुले खोस्न नसक्ने बताउदै केपी ओलीका कारण मुलुकमा संघर्ष सृजना भएको बताउनु भयो । ओली भाँचिनु तयार भएको तर सचिन तयार नरहेकोले पार्टी विभाजनको सिकार बन्न पुगेको अध्यक्ष नेपालले आरोप लगाउनु भयो । उहाँले ओलीलाई पहिलेबाटै चिनेको र आजमात्रै नभइ पहिलेबाटै ओलीको प्रवृत्ती आफ्नो स्वार्थ बाहेक अन्य नचाहने अध्यक्ष नेपालको भनाइ थियो ।