चरम गरिबीकै कारण मृगौला प्रत्यारोपणमा आर्थिक समस्या झेल्दै आएकी निशा सुबेदीलाई म्याग्दीको परोपकारी संस्था ओमकुकारी शान्ति कोषमार्फत ३ लाख सहयोग गरिएको छ ।

कोषका सदस्य, विभिन्न दाताहरुमार्फत संकलन गरिएको आर्थिक कोषका अध्यक्ष राजेश शाक्यले अभियानका संयोजक नेत्रराज सुबेदीलाई हस्तान्तरण गरेका छन् । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले लकडाउनको घोषणा गरेपछि अन्तिम समयमा आएर प्रत्यारोपण रोकिएपछि काठमाण्डौमै रहेकी सुबेदीको उपचार र फलोअफका लागि समेत सहयोग गरेको कोषमार्फत अभियान सञ्चालन गरिएको थियो ।

बेनी अस्पतालबाट २०७६ साल सिाउन २ गते रिफर गरिएको सुवेदीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट थप उपचारका टिचिङ अस्पतालमा भर्ना भएकी सुबेदीको उपचार तथा औषधी सेवनका लागि उक्त सहयोग गरेको कोषका अध्यक्ष शाक्यले बताए ।

उनका अनुसार कोषको नियमित सहयोग, पदाधिकारी, आजिवन सदस्यका साथै विभिन्न सहयोगीबाट संकलन गरिएको थियो । निशाको प्रत्यारोपण सफल भएसँगै नियमित औषधी उपचारका लागि थप सहयोग आवश्यकता रहेको अभियानका संयोजक सुबेदीले बताए । मृगौलामा समस्या देखिएपछि निशाको उपचारमा स्वदेश तथा विदेशबाट सहयोग प्राप्त भएको थियो ।