एक प्रवासी म्याग्देलीले आफ्नो जन्मदिनको अवसरमा म्याग्दी बहुमुखी क्याम्पसमा अध्ययनरत दृष्टिविहिन र अपाङ्ग विद्यार्थीलाई आर्थिक सहयोग गरेका छन् ।

जिल्लाको अन्नपूर्ण गाउँपालिका–३, दाना घरभई हाल यूकेमा बस्दै आएका पूर्वब्रिटिस आर्मी एवम् समाजसेवी कृष्ण तुलाचनले विएड तेस्रो बर्षकी छात्रा धनमायाँ विक र ब्यवस्थापन संकाय दोस्रो बर्षका छात्र सोमप्रसाद सापकोटालाई शैक्षिक सहयोगका लागि १०÷१० हजार नगद गरेका हुन् ।

म्याग्दी बहुमुखी क्याम्पस पूर्व विद्यार्थी संघको संयोजनमा आयोजित कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष बालकृष्ण सुबेदी, क्याम्पस प्रमुख गोरखबहादुर जिसीले शैक्षिक गतिविधिमा उक्त सहयोग हस्तान्तरण गरेका थिए । सहयोग हस्तान्तरण कार्यक्रममा पत्रकार हरिकृष्ण गौतमले तुलाचनले हरेक बर्ष आफ्नो निमुखा, अपाङ्ता भएकाहरुलाई सहयोग गरी जन्मदिन मनाउने गरेको जानकारी गराएका थिए ।

त्यस्तै क्याम्पसका सञ्चालक समिति अध्यक्ष सुबेदीले धर्तीमा पाइला टेकेको दिनलाई आफन्त, साथीभाईलाई भोजभतेर गरेर उत्सवको रुपमा मनाउने संस्कार नै बसिसकेको अवस्थामा फजुल खर्चलाई निरुत्साहित गदैं समस्यामा परेकालाई सहयोग गर्नुले ठूलो सन्देश प्रवाह गरेको बताएका थिए । सहयोग हस्तान्तरण कार्यक्रमको अध्यक्षता पूर्व विद्यार्थी संघका अध्यक्ष बिमल रिजाल र सञ्चालन सचिव अर्जुन पौडेलले गरेका थिए ।

समाजसेवी तुलाचनले गतबर्ष आफ्नै गाउँको ज्ञानप्रकाश माविमा विपन्न ५० बालबालिकालाई करिब ५० हजारको न्यानो सुईटर, काठमाण्डौमा यूद्धमा फसेका बालबालिकालाई साम्रागी खरिदमा ५५ हजार, बृद्धआश्रममा ६० हजार लगायत विभिन्न क्षेत्रमा सहयोग गरेको सुमन गिरीले जानकारी दिए ।

तुलाचन आवद्ध रहेको युकेमा फ्रेन्डली ब्रदर दाना सेरोफेरो कम्युनिटमार्पmत ज्ञान प्रकाश उमाविको शैक्षिक विकासमा एक करोडभन्दा बढीको अक्षय कोष, विद्यालय जेहेन्दार विद्यार्थीलाई बर्षेनी छात्रबृत्ति वितरण, पूर्वाधार विस्तारमा विभिन्न सहयोगका साथै आफ्नो गाउँ दानालाई गीतसंगीतमार्फत प्रचारप्रसार गर्ने गरी विभिन्न म्यूजिक भिडियो समेत सार्वजनिक भएको थियो ।

जन्मदिनका कुनै नयाँ योजना छैन,‘मलाई जन्मदिनमा अनावश्यक खर्च गर्न मन लाग्दैन’ तुलाचनको भनाई उद्धित गदैं गिरीले भने । जन्मदिनको अवसरमा भविस्यमा पनि सामाजिक तथा मानविय सेवामा सक्रिय संघसंस्थालाई भविस्यमा समेत निरन्तर सहयोग गर्ने तुलाचनको भनाई छ ।