चन्द्रागिरि हिल्स कम्पनीको आइपिओ भर्नेलाई केवलकार चढ्दा २५ प्रतिशत छुट  हुने भएको छ। साधारणसभाको अवसरमा कम्पनीले स्थानीय तथा सर्वसाधारणका लागि आह्वान गरिएको साधारण सेयरमा आवेदन दिने सबै आवेदकलाई केवलकार यात्रामा २५ प्रतिशत छुट दिने व्यवस्था गरेको हो। कम्पनीको सेयरमा १२ लाख ५६ हजार ७४६ जनाले आवेदन दिएका छन्।

यो आवेदन संख्या अहिलेसम्मकै धेरै हो। कम्पनीले सर्वसाधारणका लागि कुल १३ लाख ९६ हजार कित्ता सेयर निश्कासन गरेको हो। छुट सुविधा लिनका लागि आवेदकले सेयर भर्दाको कुनै न कुनै प्रमाण टिकट काउन्टरमा देखाउनुपर्नेछ। यो योजना माघ ५ गतेदेखि १ वर्षसम्म मात्रै मान्य हुनेछ। setopati