घाँटीको क्यान्सर पिडित बेनी नगरपालिका-९, घतान काउलेगौडाका मुम बहादुर थापाको उपचारका लागि दक्षिण कोरियामा रहेका म्याग्देलीले करिब ५० हजार सहयोग गरेका छन् ।

गरिवीका कारण समयमै उपचार गराउन समस्या भएपछि घरमै छटपटाइरहेका थापालाई कोरियामा रहेका भलिबल खेलाडी गंगाराज बानियाँको पहलमा मोना दक्षिण कोरियामा आवद्ध यूवाहरुले पठाएको ४८ हजार सहयोग हस्तान्तरण गरिएको छ । बिहिबार एक कार्यक्रम गरी भलिबल प्रशिक्षक तेजेन्द्र बानियाँले उक्त सहयोग हस्तान्तरण गरेका थिए ।

एकबर्ष अघि क्यान्सर देखा परेपछि ऋणधन गरी खर्च गरेपनि थप सहयोगको आवश्यकता परेपछि स्थानीयले अभियान सञ्चालन गरेका थिए । हस्तान्तरण कार्यक्रममा केवाईसी यूवा क्लवका पूर्व अध्यक्ष रुद्ध रेग्मी, अध्यक्ष प्रकाश खत्री, सल्लाहकार पिपल पुरी र प्रेम चोखालको उपस्थिती रहेको थियो ।

पीडितको उपचारमा हालसम्म ४ लाख ८८ हजार संकलन भएको आर्थिक सहयोग अभियानका संयोजक बहराइनमा रहेका दिनेश बस्नेतले जानकारी दिए । पीडितको भरतपुरको बिपि क्यान्सर अस्पतालमा उपचार भइरहेको छ ।