मालिका गाउँपालिका वडा नं ६ दिच्याममा अवस्थित भगवती आधारभुत विद्यालयमा विब्यस पुनर्गठन भएको छ । शुक्रबार विद्यालयमा आयोजित अभिभावकहरुको भेलाले कर्णबहादुर रोकाको अध्यक्षतामा व्यवस्थापन समितिको पुनर्गठन गरेको हो ।

समितिको सदस्यहरुमा बेबप्रसाद रोका चित्रबहादुर गुरुङ,चन्द्रबहादुर विक, तिलकुमारी पुर्जा, गौकुमारी रोका, मनसुवा पूर्जा, टकबहादुर पुन रहेको सदस्य सचिव एवम् प्रअ जगतबहादुर खत्रीले जानकारी दिनुभयो। उहाँका अनुसार समितिको सल्लाहकारमा जंगबहादुर पूर्जा, दधिलाल आचार्य, तुलदेबी रोका, केसर थापा रहेका छन् ।

विब्यस पुर्नगठन कार्यक्रममा गाउँकार्यपालिका सदस्य गौतमी चापागाई, शिक्षक अभिभावक संघका अध्यक्ष जितबहादुर नेपाली लगायतले स्थानीयस्तरमा शिक्षाको ज्योति फैलाउन विद्यालयको महत्वपूर्ण योगदान रहेको चर्चा गरेका थिए । अभिभावकले दुर्गम गाउँमा समेत अंग्रेजी माध्यमबाट अध्यापन गराउने शिक्षकलाई धन्यवाद दिएका थिए ।

सोही अवसरमा सबैभन्दा बढी विद्यालयमा उपस्थिति शिक्षक सम्झना कार्की र आईसिटी सम्बन्धि उत्कृष्ट कार्यसम्पादन गरेबापत शिक्षक मनकुमार जुग्जालीलाई सम्मान गरिएको थियो । अध्यक्षता रोका, स्वागत शिक्षक टकबहादुर पुन र सञ्चालन शिक्षक मनकुमार जुग्जालीले गर्नुभएको थियो । कार्यक्रमा नतिजा प्रकाशन तथा पुरस्कार वितरण गरिएको थियो ।