हेटौंडाबाट भीमफेदी, कुलेखानी हुँदै काठमाडाैं जाने छोटो दूरीको सडक दुई महिनाका लागि बन्द हुने भएको छ ।निर्माणाधीन भीमफेदी-कुलेखानी सडकखण्ड भोलिदेखि आउँदो चैत १० गतेसम्मका लागि बन्द हुने भएको हो । हाल उक्त सडकखण्डको भीमफेदीदेखि कुलेखानीसम्म विस्तार तथा स्तरोन्नतिका काम जारी रहेको छ ।

वाग्मती प्रदेशको यातायात पूर्वाधार निर्देशनालय, हेटौंडाका प्रवक्ता हरिप्रसाद ओझाका अनुसार निर्माणाधीन भीमफेदी–कुलेखानी सडकका घुम्तीमा ढलान हुने भएकाले सडक हुन लागेको हाे ।भीमफेदी–कुलेखानी सडक बन्द भएपछि हेटौंडाबाट काठमाण्डाै आउन अब त्रिभुवन राजपथ, कान्ति लोकपथ वा पृथ्वी राजमार्ग प्रयोग गर्नुपर्ने हुन्छ ।