म्याग्दी १५ मंसीर/गाडिमा चडे पछि कति भाडा तिर्नु पर्छ सबैलाई लाग्न सक्छ प्रतिकिलोमीटर बढीमा १० रुपैया तर होईन रहेछ । म्याग्दी र मुस्ताङ्गको सीमानामा पर्ने ३ किलोमीटर सडकमा सवारी साचालनको सवारी साधनहरुले २ सय रुपैया भाडा लिने गरेका छन् ।

मुस्ताङ्ग जिप ब्यबसायी समितिले साचालन गरेको जिपमा यात्रुहरुले ३ किलोमिटरको भाडा २ सय रुपैया तिर्न बाध्य भएका छन् । मुस्ताङ्ग जिप ब्यबसायी समितिका अध्यक्ष जयन्द्र थकालीलाई भने यसको बारेमा थाहा छैन अरे । उनकै अध्यक्षतामा रहेको समितिको गाडिले कति भाडा उठाउछन् उनैलाई थाहा हुदैन ।

म्याग्दी जिप तथा बस साचालक समितिले म्याग्दीको बेनी देखि जिल्लाकै दाना गाबिसको तितर सम्म सवारी साचालन गरेका छन् । उनीहरुले ३२ किलोमीटर सडकको सवारी भाडा २ सय १० लिने गरेका छन् । म्याग्दी समितिको गाडीले तितरमा झारे पछि मुस्ताङ्ग जिप ब्यबसायी समितिले तितर देखि मुस्ताङ्ग जिल्लाको घाँसा सम्म २ सय रुपैया भाडा लिने गरेको यात्रुहरुले गुनासो गरेका छन् । मुस्ताङ्ग समितिले जोमसोम देखी घाँसा सम्म ३९ किलोमीटर सडकको भाडा ३ सय ५० र तितर सम्म ल्याएमा थप २ सय रुपैया लिने गरेको यात्रुहरुले गुनासो गरेका छन् । जिल्ला प्रसासन कार्यालय मुस्ताङ्गका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद संजेलले आफुलाई यस्को बारेमा थाहा नभएको बताएका छन् । म्याग्दी जिप तथा बस साचालक समितिका अध्यक्ष राजकुमार श्रेष्ठ राजुले आफुहरुले यो भाडा दर नउठाएको र बेनी देखि केही दीनमै सोझै घाँसा गाडी पुर् याउने बताएका छन् ।

अमृत बास्कुने

विज्ञापन