????????????????????????????????????

पर्वतको जलजला गाउँपालिकाले आमा समुहलाई दुना–टपरी बनाउने विद्युतीय मेसिन सहयोग गरेको छ ।गाउँपालिकाले खरिद गरेको सो मेसिन सोमबार एक कार्यक्रमका विच गाउँपालिकाकी उपाध्यक्ष सिमा गर्बुजा पुनले वडा नम्बर ४ पाल्सिङ्ग स्थित कामना आमा समुहलाई हस्तान्तरण गर्नुभएको छ ।

उपाध्यक्ष गर्बुजा पुनले दुुना-टपरीको व्यवसायी मार्फत महिलाहरुलाई उधमशिल बनाई उनिहरुको जिविकोपार्जनमा सघाउने उद्धेश्यले गाउँपालिकाले विद्युतीय मेसिन सहयोग गरिएको बताउनुभयो । कामना आमा समुह सहित वडा नमबर ७ को भगवति आमा समुह र ८ को लस्ती फर्से महिला समुहलाई गरी तीन वटा विद्युतीय मेशिन खरिद गरेर सहयोग गरिएको छ ।

दुना –टपरी उद्योगबाट लगायत स्थानीय उत्पादनको बजारीकरणका लागि कोशेली घर निर्माण गर्ने गाउँपालिकाको योजना रहेको छ ।कार्यक्रममा वडा अध्यक्ष भिष्म मल्लले मेसिनको सदुपयोग गर्न आग्रह गर्नुभयो । आमा समुहकी अध्यक्ष चिनु जिसीले विद्युतीय मेसिन सहयोगको लागि गाउँपालिकालाई धन्यवाद व्यक्त गर्नुभयो ।

कार्यक्रममा गाउँपालिकाका राजनितिक सल्लाहकार याम शर्मा पौडेल,वडा सदस्य हरिबहादुर कार्की,पदम दमाई,तारादेबी पौडेल र समाजसेवी देब बहादुर कार्की लगायतले बोल्नुभएको थियो । कार्यक्रममा नेपाल तरुणदल वडा इकाई सभापति राजकुमारी कार्की लगात स्थानीय समाजसेवीको उपस्थिती रहेको थियो । समुहकी सचिव देवी कार्कीको सञ्चालन र कोषाध्यक्ष सुनिता कुमारी कार्कीले स्वागत मन्तव्य राख्नुभएको थियो ।

????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????