प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वकै दोस्रो सर्वोच्च शिखर ‘माउन्ट केटु’ सफल आरोहण गरेर फर्किनुभएका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दाना निर्मल पूर्जा सहित १० नेपालीहरुलाई बधाई दिनुभएको छ । प्रधानमन्त्री निवासमा भएको कार्यक्रममा जीवन नै जोखिममा राखेर शिखर आरोहण गरेकोमा व्यक्तिगत तर्फबाट मात्र नभै समग्र नेपालीको तर्फबाट धन्यवाद दिएको बताउनुभएको थियो ।

नेपाल बहादुर लडाकुको मात्र देश नभएर साहसीहरुको देश हो भनेर पुष्टि भएको छ,‘विश्वमा जति पनि साहसिक काम छ अब त्यो नेपालीहरुलाई छाडिदिए हुन्छ’ प्रधानमन्त्री ओलीले भन्नुभयो । पर्वतारोहीहरु सीधै अग्ला पहाड नचढी धेरै अभ्यासपछि मात्र आरोहण गर्ने भएकोले यो एक प्रकारको साधना भएको प्रधानमन्त्रीको भनाई थियो ।

“हामीलाई त जुन पनि हिउँको थुप्रो उस्तै हो । जो कोहीलाई हिमालको दुःख थाहा हुँदैन । हिमाल चढ्ने बेलामा चुचुराको नजिकबाटै फर्कन पनि पर्न सक्छ । देशको प्रधानमन्त्री नै हिमाल चढेको भए त नेपालको परिचय नै छुट्टै हुने बताउनुभयो । सम्मान कार्यक्रमा आरोही दलको नेतृत्वकर्ता निर्मल पूर्जाले आफ्नो देशमा सम्मानित हुने गरी आरोहण गर्न पाएकोमा उत्साहित भएको बताउनुभयो ।