नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को आईपीओ शुक्रबार नै बाँडफाँड हुने भएकाे छ । निफ्राको आईपीओका लागी आबेदन दिएका सबैले ५० कित्ता सेयर पाउने भएका छन।

निफ्राको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकको जिम्बेवारी पाएको एनआइबीएल एस क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापाले आईपीओ शुक्रबार नै बाँडफाँड गर्ने तयारी गरिएको जानकारी दिए ।

मर्चेन्ट बैंकर एशोसिएनसका अध्यक्ष समेत रहेका थापाले दिएकाे जानकारी अनुसार केही आबेदकले ६० कित्ता पनि सेयर पाउनेछन।

यसअघि शनिबार भनिएकोमा सबै प्रक्रिया सम्पन्न भएकाले शुक्रबार नै बाड्न लागिएको उनले जानकारी दिए । ‘शनिबार बाड्ने तयारी थियो, सबै काम सकिएकाले शुक्रबार नै बाड्ने निर्णय भएको छ’ थापाले भने ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ८ अर्ब रूपैयाँ बराबरको ८ करोड कित्ता शेयर निष्कासन गरेको थियो । ८ करोडमध्ये १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ४ लाख कित्ता म्यूचअल फण्डका लागि जानेछ । बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ता साधारण शेयर भने सर्वसाधारणका लागि छुट्याइएको थियो ।