भारतस्थित तेलंगाना प्रहरीले मंगलबार ४ जनवरीमा हैदराबादको जुबली हिल्समा महिलाको हत्याको रहस्य सुल्झाउँदै मंगलबार सिरियल किलर रमुलुलाई पक्राउ गरेको छ। रमुलुकी श्रीमतीले उनलाई विवाह पछि छोडिदिएकी थिईन् जसका कारण उनले महिलालाई घृणा गर्न थाले। यस कारणले उनले १७ वर्षको अन्तरालमा १८ जना महिलाको हत्या गरेको रहस्य खुलेको प्रहरीले जनाएको छ।

वेंकटम्मा नामकी केटीको हत्या गरेपछि सिरियल रमुलुले उनको अनुहारमा पेट्रोल छर्केर जलाइदिएका थिए। रच्छकोंडा पुलिस र हैदराबाद प्रहरी फोर्सले २० दिनको अनुसन्धान अभियानपछि रमुललाई पक्राउ गरेको हो। ४५ वर्षे रमुल शहरमा ढुंगा काट्ने काम गर्दथे र हालसम्म २१ वटा मुद्दामा पक्राऊ परेको छन्। जसमा १६ वटा हत्या पनि समावेश छन्।

रमुलुले २१ वर्षको उमेरमा बिहे गरेका थिए, तर केही समय पछि उनकी श्रीमती परपुरुषसंग भागिन्। त्यसबेलादेखि रमुलुले महिलाहरूको हत्या गर्न थाले। २००३ देखि रमुलुले एकल महिलालाई यौन शोषणको लागि पैसामा लोभ्याउँथे त्यसपछि उनीहरूको हत्या गर्थे। उनी हत्या पछि बहुमूल्य चीजहरू लिएर भागेर जाने गरेको भारतीय समाचारमा उल्लेख छ।