म्याग्दीको सदरमुकाम बेनीमा दुई महिने आधारभूत व्युटी पार्लरसम्बन्धी तालिम सुरु भएको छ । घरेलु तथा साना उद्योग कार्यालय म्याग्दीको सहयोगमा प्रजिया व्युटीपार्लर एण्ड टे«निङ सेन्टरमार्फत व्युटीपार्लरको तीन महिने आधारभूत तालिम सञ्चालन गरिएको हो ।

बेनी नगरपालिका–७, बेनीबजारको हुलाकचोकस्थित रहेको प्रजिया व्युटीपार्लरमा सञ्चालित तालिम आउँदो चैत महिनाको १४ गतेसम्म सञ्चालन हुने घरेलु तथा साना उद्योग कार्यालय म्याग्दीले जनाएको छ । महिला तथा किशोरीहरुलाई व्यवसायिक सिपसम्बन्धी तालिम दिएर उद्यमी बनाउने एवं आत्मनिर्भर बन्नका लागि व्यवसायतर्फ आकर्षित गर्न तालिम चलाइएको बताइएको छ ।

तालिमको उद्घाटन गर्दै घरेलु तथा साना उद्योग कार्यालय म्याग्दीका प्रमुख नन्दलाल पौडेलले महिलाहरुलाई सिपमूलक तालिम दिएर उद्यमी बनाई आत्मनिर्भर बनाउन तालिमको सुरुवात गरिएको बताएका छन् । कार्यक्रमको कार्यालयका कम्प्युटर सहायक सन्तोष ढुङ्गानाले सञ्चालन गरेका थिए । कार्यक्रममा पार्लरका प्रोप्राइटर गंगा थापा कार्कीले दुई महिने तालिमका विषयहरुमा जानकारी गराएकी थिइन् ।