• संगीता कार्की

अहिले चिसो मौसम छ । यो समयमा दाँत कसरी स्वस्थ राख्ने भन्ने विषयमा वास्ता नगर्दा दाँतमा विभिन्न रोग लाग्छ। अधिकांशलाई त दाँतको सुरक्षा कसरी गर्ने भन्ने विषयले सताउने गर्छ ? प्रायः शरिरका अन्य अंग जस्तै दाँत पनि एउटा महत्वपूर्ण अंग हो ।

सबैभन्दा बढी मुखको स्वास्थ्यमा ध्यान पुर्याउने हो भने सम्पूर्ण शरिर स्वस्थ रहन्छ । चिसो समयमा झन् दाँतमा चिसो हावा पर्ने, चिसो खानेकुराको प्रयोग बढी हुने तथा शरीरका तापक्रममा पनि कमी आउँदा दाँतको दुखाई बढी हुने गर्छ ।

यो समयमा शरीरको प्रवेशद्वार मुख र त्यहाँ रहेका दाँतको सरसफाइमा कमी भयो भने दाँत सिरिङ–सिरिङ हुन्छ । चिसो पानी तथा गुलियो वस्तु खाँदा दाँत दुख्ने रोग बढी बल्झन्छ । जाडो मौसममा दन्तपीडा, श्वास गन्हाउने, हर्षा, पाइरिया र घाउ–खटिराले पनि सताउने गर्छ ।

चिसो र गुलियो वस्तु खाँदा दाँत दुख्नुलाई चिकित्सकीय भाषामा हाइपर सेन्सिटिभिटी भनिन्छ । यो दाँतको बीचको तह डेन्टिन देखिएर हुने गर्छ ।

अहिले चिसो मौसम सुरु भएसंगै दाँतमा विभिन्न खाले समस्याले सताउने गर्छ । दाँत सिरिङ हुने,दाँतमा दुखाइ हुने हुन्छ । यस्ता समस्या छन् भने बेलैमा सावधानी अपनाउनु जरुरी हुन्छ । मौसमी रुघाखोकी, फ्लु, ज्वरो, टाउको दुख्ने, पिनास, टनसिल बढ्ने लगायतका समस्था जस्तै दाँतको दुखाई पनि जाडो मौसममा हुन सक्छ ।

चिसो याममा दाँतलाई सुरक्षित कसरी राख्ने त ?

  • चिसो समयमा आफ्नो दाँतलाई सुरक्षीत राख्न सामान्यतया निम्न कुराहरुमा ध्यान पुर्याउनु जरुरी हुन्छ। जसले गर्दा हाम्रो स्वास्थ्य र दाँत दुबैलाई सुरक्षीत राख्न मद्दत गर्छ ।
  • दाँतमा समस्या हुने मानिसले धेरै साह्रो खानेकुरा सेवन नगर्दा राम्रो हुन्छ ।
  • खराब किसिमबाट ब्रस गर्ने, खैनी, पान, पराग, सुपारी, चुरोटको सेवन गर्दा दाँतमा समस्या हुन्छ ।
  • सामान्य दुखाइमा साधारण नुनपानीले मुख कुल्ला गर्दा पनि स्वस्थ रहन सकिन्छ ।
  • खाना खाइसकेपछि जाडोले गर्दा ब्रस गर्न सकिँदैन भने राम्रोसँग मुख कुल्ला गर्नु उत्तम हुन्छ ।
  • चिसो समयमा दाँतमा चिसो हावा पर्ने, चिसो खानेकुराको प्रयोग बढी हुने तथा शरीरका तापक्रममा पनि कमी आउँदा दाँतको दुखाई बढी हुने गर्छ ।
  • दाँतमा समस्या हुने मानिसले धेरै साह्रो खानेकुरा सेवन नगर्दा राम्रो हुन्छ ।
  • खराब किसिमबाट ब्रस गर्ने, खैनी, पान, पराग, सुपारी, चुरोटको सेवन गर्दा दाँतमा समस्या हुन्छ ।
  • सामान्य दुखाइमा साधारण नुनपानीले मुख कुल्ला गर्दा पनि स्वस्थ रहन सकिन्छ ।

(कार्की डेन्टिस्ट हुन्)