उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानादेखि पर्वतको कुस्मा सबस्टेसन जोड्ने कालीगण्डकी करिडोरको प्रसारण लाइन तयार भएसँगै नारच्याङमा रहेको पाँच मेगावाट क्षमताको घलेम्दी खोला जलविद्युत आयोजनाले क्षमता अनुसार नै विद्युत विक्री गर्ने जनाएको छ ।

काठमाण्डौमा सम्पन्न भएको घलेम्दी हाइड्रो लिमिटेडको पाँचौ र छैठौ वार्षिक साधारणसभामा सबस्टेशनको ढिलाईले समस्या भोग्दै आएकोमा अब लगानीकर्ताका लागि उत्साही हुने दिन आएको

घलेम्दी हाइड्रो लिमिटेडका अध्यक्ष किशोर सुवेदीले बताउनुभयो । उहाँले लगानीकर्तालाई निराश नहुन समेत अनुरोध गदैं उपयुक्त समय आएकाले अब लक्ष्य अनुसार अगाडी बढ्न सहज हुने बताउनुभएको थियो । साधारणसभाले आर्थिक वर्ष २०७४÷७५ र २०७५÷०७६ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गरेको छ ।

त्यसै गरी आर्थिक वर्ष २०७४÷७५ र २०७५÷०७६ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरेको छ ।सभाले कम्पनीको समूह (ख) अर्थात सर्वसाधारण सेयरधनीको तर्फबाट मनिषा प्रधान र राजकुमार शर्मालाई संचालक समितिमा नियुक्त गरेको छ ।

सभामा संचालकहरु नारायण बाबु अधिकारी, उत्तम प्रसाद बैध, प्रमोद श्रेष्ठ, शरद राज श्रेष्ठ र टंकप्रसाद बरुवालको उपस्थिति रहेको थियो । सभाको सञ्चालन कम्पनीका सचिव अनिल पौडेलले गरेका थिए । सभामा भर्चुअल माध्यमबाट र सभाहलमै सेयरधनीको उपस्थिति रहेको थियो ।

प्राधिकरणले वार्षिक साढे १३ करोड रुपियाँ बराबरको विद्युत खरिद गर्ने प्राधिकरणले वर्षायाममा चार रुपैयाँ ८० पैसा र हिउँदमा आठ रुपैयाँ ४० पैसामा प्रतियुनिट विद्युत खरिद गर्ने सम्झौता रहेको छ । म्याग्देलीको अगुवाईमा बनेको घलेम्दी म्याग्दीबाट ब्यवसायीक विद्युत उत्पादन गर्ने पहिलो विद्युत आयोजना समेत हो ।