उत्तरी म्याग्दीको अन्नपूर्ण बजार इकाईको दोस्रो अधिवेशनबाट पुनः दशरथ कुमार कर्माचार्य अध्यक्षमा चयन हुनुभएको छ । शनिबार सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा सुमिता बरुवाल,सचिव अमृत शेरचन, कोषाध्यक्ष केशर हिराचन, सदस्यहरूमा जुद्धनारायण गौचन, बिना कुमार ज्वारचन, पुष्पा बरुवाल, राजेन्द्र बहादुर राना मगर, नविन घर्ती, समायाँ गर्बुजा र विष्णुकुमारी गर्बुजा रहनुभएको छ ।

अधिवेशनको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य कुविरकुमार श्रेष्ठले उद्घाटन गदैं उत्तरी क्षेत्रमा प्रसस्तै सम्भावना रहेकाले ब्यवसायी बीचको एकता र सहकार्य आवश्यक रहेको बताउनुभयो । वडा सदस्य बुद्धि पुनले स्थानीय उत्पादनको बजारीकरणमा सघाउनुपर्ने बताउनुभयो । उहाँले स्थानीय उत्पादनलाई विक्री गर्न सकेमा साना उद्यमीलाई आत्मनिर्भर बनाउन सहज हुने बताउनुभयो ।

त्यस्तै म्याग्दी उवासंघका महासचिव लिलाराम गौतमले जिल्लाका सबै स्थानीय तहमा इकाई गठन गरी संघको अभियानलाई थप फराकिलो बनाउने बताउनुभयो । जिल्लामा निजी क्षेत्रको छाता संस्थामार्फत हित कोष लगायत विभिन्न रचनात्मक कार्यहरु भइरहेको बताउनुभयो । म्याग्दी उवासंघ अन्तरगत जिल्लाका सबै स्थानीय तहमा इकाईको अधिवेशन गरी अगामी शनिबार जिल्ला अधिवेशनको तयारी गरिएको छ ।