म्याग्दी उद्योग वाणिज्य संघ महिला उद्यमीविकास समितिको ८ औँ साधारण सभातथा ६ औँ अधिवेशन सम्पन्न भएको छ। उद्योग वाणिज्य संघको सभा हलमा भएको अधिवेशनबाट सर्वसम्मत रुपमा पदाधिकारी चयन गरिएको छ ।

महिला उद्यमी विकास समितिको अध्यक्ष लक्ष्मी भण्डारी कार्की, बरिष्ठ उपाध्यक्ष अम्बिका श्रेष्ठ, प्रथम उपाध्यक्षमा बिष्णु गरुङ, दिप्तीय उपाध्यक्षमा सृजना भट्टचन, महासचिव मा जानकी विश्वकर्मा, कोषाध्यक्षमा दिलु घताने, सचिवमा प्रमिला श्रेष्ठ, सहसचिव मागिता शर्मा, सहकोषाध्यक्षमा राधिका सापकोटा निर्वाचित हुनुभएको छ ।

यसै गरी समितिको सदस्यहरुमा तेज कुमारी महत,कमला सुवेदी,संगिता श्रेष्ठ,गंगा खत्री,मिरा बराइली,रंजिता बराल,नविना रावल,धनदेवी भण्डारी,चमन श्रेष्ठ,र गोमा शर्मा निर्वाचित भएको निवर्तमान सभापति सुनिता केसीले जानकारी दिनुभयो । यसैगरी आमन्त्रीत सदस्यहरुमा संगिता श्रेष्ठ,सरिता श्रेष्ठ,गंगा थापा,विष्णु गौतम र अस्मी महत चयन हुनुभएको छ ।

साधारणसभाको उद्घाटन गर्नु हुदै बेनी नगरपालिका उपप्रमुख सन्जु बरुवालल ेमहिलाको समग्र विकासको लागि महिलाहरुलाई आर्थिंक बजारसंग जोड्नु पर्ने बताईन । महिलाहरुलाई आयआर्जनसंग जोड्न महिला उघमी समितिले रचनात्मक कार्यक्रम लिएर अगाडि बढ्नु पर्ने उनको भनाई थियो ।

कार्यक्रममा  म्याग्दी उघोग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्य, नेपालपत्रकार महासंघ म्याग्दीका संस्थापक अध्यक्ष घनश्याम खड्का, प्रमुख जिल्लाअधिकारी उमाकान्त अधिकारी लगायतले बोल्नुभएको थियो । समितिको अध्यक्ष सुनिता केसीको अध्यक्षतामा भएको कार्यक्रमका ेसंचालन महासचिव बिष्णुकुमारी गुरुङले गरेकी थिइन ।