प्रधानमन्त्री के पी शर्मा ओलीले आज पर्वतको कुश्मामा निर्माण सम्पन्न भएको २ सय २० के भी क्षमताको कुश्मा सब-स्टेशनको उद्घाटन गर्नुभएको छ।

प्रधानमन्त्री ओलीले यो सब स्टेशनका साथै २ सय २० के भी क्षमताको कुश्मा दाना प्रसारण लाइन र २ सय २०/१३२/३३ के भी क्षमताको दाना सब-स्टेशनको पनि आजै उद्घाटन गर्नुभयो ।

प्रधानमन्त्री के पी शर्मा ओलीले तीन वटै सव-स्टेशनको भर्चुअल माध्यमबाट उद्घाटन गर्नुभएको हो । सव-स्टेशनहरु उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले लोड शेडिङ अन्त्य भई नेपाल विद्युत निर्यात गर्ने अवस्थामा पुगेको बताउनुभयो।

हाल संचालनमा रहेका आयोजना पूरा भएपछि नेपाल छिमेकी दैशहरुलाइ विध्युत विक्रि गरी आय आर्जन गर्न सक्षम हुने बताउनुभयो।

आज उद्घाटित सव-स्टेशनहरु नेपाल सरकार र नेपाल विद्युत प्राधिकरण तथा एशियाली विकास बैङकको संयुक्त लगानीमा निर्माण सम्पन्न भएको हो ।।