म्याग्दीको सदरमुकाम बेनीबजारमा सञ्चालित दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाले ९ औं स्थापना दिवसको अवसरमा ब्लड क्यान्सर र बाढीबाट विस्थापित परिवारलाई सहयोग गरेको छ।

संस्थाले मुठ्ठीदान अभियानबाट ब्लडक्यान्सरपीडितद्वय बेनी नगरपालिका–६, खैरेनीकी दुर्गा किसान ५ हजार ५५५, बेनपा–९ काउलेगौडाका शिवम् चोखाललाई ५ हजार ५५५ र बेनपा–७ की बाटुली खत्रीलाई पाँचहजार पाँचसय ५५ रुपैयाँ बराबरको खाद्यान्न सामग्री सहयोग गरिएको छ ।

महिलाको लगानी र ब्यवस्थापनमा सञ्चालित सहकारीले आर्थिक कारोबारसँगै विभिन्न रचनात्मक कार्य गदैं आइरहेको सहकारीकी अध्यक्ष ज्योती लामिछानले बताउनु्भयो । महिला हिंसामा परेका, आर्थिक विपन्नता लगाएत विभिन्न समस्यामा परेकालाई सहयोग गदैं आइरहेको अवस्थामा भविस्यमा पनि निरन्तरता दिने अध्यक्ष लामिछानेको भनाई छ ।

उत्कृष्ट ब्यवस्थापन र महिलामैत्री लगानी सहित सहकारीमा विभिन्न जिल्लाबाट समेत भ्रमण आउने गरेका छन् । स्थापना दिवसको अवसरमा आयोजित सहयोग हस्तान्तरण कार्यक्रमको अध्यक्षता अध्यक्ष लामिछाने, स्वागत उपाध्यक्ष विष्णु गौतम सापकोटा र सञ्चालन सचिव सुगम श्रेष्ठले गर्नुभएको थियो ।