म्याग्दी उद्योग वाणिज्य संघको २७औं वार्षिक साधारणसभा तथा ११औं अधिवेशनमा सह–सचिव पदमा गोलाप्रथाबाट छनोट गरिएको छ । दिनभरिको व्यापक छलफलपछि पनि सहमति नभएपछि ६ जना आकांक्षीहरुको गोलाप्रथामा ताराप्रसाद आचार्य ‘बाबुराम’ निर्वाचित भएका छन्। ६ जना प्र प्रतिस्पर्धीकै सहमितमा गोलाप्रथा गरिएको संघका महासचिव अमित बानियाँले जानकारी दिए ।

शनिबार राती सम्पन्न भएको अधिवेशनबाट सहसचिव बाहेक अध्यक्ष सहित अन्य पदाधिकारी, कार्यसमिति र मनोनितमा सहमति भएको थियो । सहसचिवमा निर्वाचित होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ म्याग्दीमा अध्यक्ष समेत रहेका आचार्यले प्रतिस्पर्धी सबैको जित भएको बताए । उनले गोलाप्रथाको माध्यमबाट प्रतिस्पर्धीको प्रतिनिधित्व गदैं संघमा रचनात्मक काम गर्ने प्रतिबद्धता जनाए । अधिवेशनले ३७ सदस्यीय कार्यसमिति चयन गरेको छ ।