धनगढी – भाइरल बन्नका लागि जोखिम मोलेर टिकटक बनाउनेको संख्या बढिरहेको छ । यसैक्रममा कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ कि कक्षा ७ मा पढ्ने १३ वर्षीया करुणा चन्दले करुणालाई टिकटकको भुतले समाएको थियो। उनले स्टुलमा चढेर पंखामा डोरी बाँधिन् ।

शनिबार दिउसोको समयमा करुणाका साथमा थिए, उनका कान्छो भाई । टिकटक बनाउने बेला करुणाले पंखामा झु-ण्डाएको डोरी आफ्नो घाँटीमा पनि बाँधिन् । सोही समयमा खुट्टामुनी रहेको स्टुल खस्न पुग्यो र करुणा पंखामा झु-ण्डिन पुगिन् ।नजिकै रहेका सानो भाइले गर्न केही सकेनन् । तर खेतमा रहेकी आमालाई घटनाबारे जानकारी गराए । घटनाबारे सुनेर उनकी आमा घर पुगिन् तर करुणाले प्राण त्यागीसकेकी थिइन् ।

केही वर्षअघि करुणाका दाईको पनि नहरमा डु-बेर मृत्यु भएको थियो । उक्त घा-उ निको नहुँदै फेरि छोरी गुमाउन परेपछि अहिले चन्द दम्पत्तिको आँसु थामिएको छैन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले टिकटक बनाउने क्रममा करुणको ज्यान गएको पुष्टि गरे । dineshkhabar.com