ब्लड क्यान्सर रोगबाट ग्रसित एक बालकको उपचारका लागि बेनीमा १ लाखभन्दा बढी आर्थिक संकलन गरिएको छ । बेनी नगरपालिका-९ घतान काउँलेगौडाका ६ बर्षिय शिभम चोखालको उपचारमा आर्थिक अभाव भएपछि भएपछि स्थनीय केवाईसी यूवा क्लवको पहलमा १ लाख १६ हजार ६६६ आर्थिक संकलन भएको थियो ।

काठमाडौंस्थित कान्ति बाल अस्पतालमा उपचार बालकको थप उपचारमा रकम अभाव भएपछि बाध्य भएर सदरमुकाम बेनीबजास आसपासका क्षेत्रमा आर्थिक संकलनको अभियान सुरु गरेको क्लवका अध्यक्ष प्रकाश खत्रीले बताए । ‘धेरै आर्थिक आवश्यक पर्छ,‘पैसा अभावकै कारण समस्या भइरहेको छ’ खत्रीले भने ।

बेनीमा आयोजित कार्यक्रममा मुक्तिनाथ हाडवर्यरका सञ्चालक तप्त बहादुर र धनदेबी भण्डारीले २५ हजार ५५५ आर्थिक सहयोग गरेका छन् । क्लवले गाउँघरमै थप १ लाख २५ हजार आर्थिक संकलन गरेको छ ।

घरको आर्थिक अवस्था कमजोर भएकै कारण उपचारमा देखिएको समस्यालाई मध्यनजर गरी विदेशमा समेत स्थानीय दिनेश बस्नेतको सहयोगमा आर्थिक संकलन भइररहेको छ। ‘शिभम बचाउ समिति’ मार्फत सहयोग गर्न पीडित बालकका परिवारले अनुरोध गरेका छन् । हालसम्म ८ लाख ५ हजार ४५ हजार संकलन भएको छ भने चिकित्सकलले उपचारमा करिब २० लाख खर्च हुने भन्दै जुटाउन परिवारलाई अनुरोध गरेको छ ।