प्रथम मुख्यमन्त्री कप भलिबल प्रतियोगितामा सहभागि हुने पुरुष र महिला खेलाडीको छनौट गरिएको छ । जिल्ला भलिबल संघ म्याग्दीले आयोजना गरेको छनौट प्रतियोगितामा पुरुष तर्फ १२ र महिला तर्फ १२ जना खेलाडी छनौट भएको प्रशिक्षक तेजेन्द्र बानियाँलाई बताए । महिलातर्फको खेलमा राष्ट्रिय महिला भलिबलकी क्याप्टेन अरुणा शाहीको नेतृत्व र पुरुषतर्फ सुजन चोखालको कप्तानीमा म्याग्दीको समुहले प्रतियोगितामा उपस्थिती जनाउने छ । प्रतियोगितामा बैकल्पिक खेलाडी दुबै समुहमा ८÷८ जना रहेका छन् ।

महारानीथानमा अवस्थित माउण्ट एभरेष्ट आवासीय माविको प्राङ्गनमा आयोजित छनौट खेलमा खेलाडीको उत्साहजनक सहभागिता रहेको थियो ।

यसअगाडी समेत राष्ट्रिय महिला भलिबलकी क्याप्टेन शाहीको नेतृत्वमा म्याग्दीले क्षेत्रीयस्तरको उपाधीसँगै प्रदेशबाट राष्ट्रियस्तरको उपाधी समेत जितिसकेको छ ।