गरिमा विकास बैंकको १४औं वार्षिक साधारण सभा शुक्रबार पाेखरामा सम्पन्न भएको छ । बैकका अध्यक्ष चन्द्रकान्त बरालकाे अध्यक्षतामा सम्पन्न सभाले १४.२१ प्रतिशत लाभांश समेत पारित गरेकाे छ । यसअघी बैंक संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६/२०७७ को मुनाफाबाट शेयरधनीहरुलाई १३.५० प्रतिशत बोनस शेयर तथा कर प्रयोजनार्थ ०.७१ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो ।

सभामा वर्ष २०७६/२०७७ को वार्षिक प्रतिवेदन, लेखा परिक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह, आर्थिक वर्ष २०७७/२०७८ का लागि लेखा परिक्षकको नियुक्ती लगायतका विषयमा छलफल गरि पारित गरिएकाे बैकका प्रमुख कार्यकारी अधिकृत गाेबिन्द ढकालले बताए ।

बैंकको १४औं वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनीकाे तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना र सर्बसाधारण शेयरधनीको तर्फबाट ३ जना गरी ६ जना संचालकहरु निर्बिराेध निर्वाचित भएको बैकका कंपनी सचिव तथा नायव प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्यायले बताए । सफल आवाज