म्याग्दीको रघुगंगा गाउँपालिका-५,झिँ पर्यटकीय गन्तब्यमा छनौट भएको छ । पर्यटन पूर्वाधार तथा पर्यटन उपजको विकास तथा प्रवर्द्धन गर्ने उदेश्यले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गाउँपालिकासँगको साझेदारीमा १ करोड १ लाख बजेट विनियोजन गरेको छ ।

नेपाल सरकारले देशभरबाट छनौट गरेको २ सय वटा गन्तव्य स्थलमा झिँ गाउँमा पार्क सहित संरचना बनाउन मन्त्रालयबाट ७० लाख र गाउँपालिकाले ३१ लाख बजेटमा १ बर्षभित्र सम्पन्न गर्ने गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले बताए । ‘झिँलाई उत्कृष्ट गन्तब्यमध्येमा एक बनाउने प्रयास सफल भएको छ,‘अब लक्ष्य अनुसार नै काम हुन्छ’ अध्यक्ष भण्डारीले भने ।झिँ हुदै पर्यटकीयस्थल टोड्के, धौलागिरी सेन्चुरी पदमार्गमा जाने पर्यटकलाई समेत सहज हुने गरी उक्त स्थानमा डिपिआर अन्तरगत अन्य संरचनाहरु समेत क्रमागत योजनामा राखेर काम गर्ने गाउँपालिकाले जनाएको छ। डिपिआर समयमै सम्पन्न गरिएका गाउँपालिकाका अन्य करिब आधादर्जन पर्यटकीय तथा धार्मिकस्थलहरुमा समेत संघीय र प्रदेश सरकारबाट बजेट माग गरिएको अध्यक्ष भण्डारीको भनाई छ ।

गाउँपालिकालेसिद्ध फुटस्टेप एण्ड पार्क नामाकारण गरेको छ । पार्क, पिकनिक स्थल, फनपार्क लगायतका संरचनाहरु रहेका छन् । झिँ गाउँलाई धौलागिरी सेञ्चुरी पदमार्गको प्रवेशद्धारको रुपमा समेत चिनिन्छ । मन्त्रालयले गरेको प्रस्ताव आह्वानको आधारमा ७१३ वटा प्रस्ताव परेकामध्ये म्याग्दीमा झिँ मात्रै प२ सय गन्तव्य छनोट भएको हो ।