गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप महिला भलिवल प्रतियोगितामा म्याग्दी पुरुष भलिबल टोलीको यात्रा सकिएको छ । पोखरामा जारी प्रतियोगिताको शुक्रबार सम्पन्न सेमिफाइनल खेलमा तनहुँले म्याग्दीलाई १–३ले हार बेहोर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गर्नबाट चुकेको हो ।

पहिलो खेलमा म्याग्दीले तनहुँलाई १९ मा रोक्दै सेट जितेपनि दोस्रोमा कडा प्रतिस्पर्धामा ३१ मा गेम टुंिगएपनि तेस्रोमा २५–१३ ले गुमाउन पुग्यो भने अन्तिम सेटमा २१ अंकमा रोकिदाँ सेमिफाइनमै रोकिनुपरको छ । म्याग्दीले चारवटा सर्भिसको ‘नेट टच’ भएपछि सुन्दर अवसरहरु गुमेसँगै तेस्रोका लागि पर्वतसँग भिड्नुपरेको म्याग्दी भलिबल संघका प्रशिक्षक तेजेन्द्र बानियाँले बताए ।

प्रतियोगितामा पहिलो सेटमा लयमै रहेको म्याग्दी दोस्रो देखि आफ्नो रणनीति अनुसार खेल्न सकेन् । सर्भिस र सट प्रहार गर्दा ध्यान दिन नसक्दा तनहुँले लगातार अंक बटुल्यो । दोस्रो सेट गुमाएको म्याग्दीले ग्राउण्ड भित्रको लयलाई निरन्तरता दिन नसक्ने, खेलाडी बिचको समन्वय र शारीरिक सन्तुलन बनाउन समेत नसक्नु कमजोरीको रुपमा देखियो।

‘केही सामान्य कमजोरीले फाइनलसम्म पुग्न सकेनौ,‘उपाधीविहिन हुन तेस्रो स्थानलाई सुरक्षित गछौं’ टिम ब्यवस्थापक राजकुमार भण्डारीले भने । सर्भिस,खेलाडीबीचको समन्वयमा देखिएको अभाव प्रष्ट देखिएको टोलीको भनाई छ । म्याग्दीको पुरुष टोली उपाधीका लागि सक्षम भएपनि आत्मविश्वास र मनोवैज्ञानिक दबाब खेलको क्रममा स्पष्ट देखिएको थियो ।