विश्वकै चर्चित पर्वतारोही निर्मल पूर्जाले गतबर्ष विश्वकै सातौ अग्लो धौलागिरि हिमालको (८१६७ मि) मा विना अक्सिजन आरोहण गरेका थिए । विश्वका ८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमाल चढेर विश्व रेकर्ड कायम गर्ने अभियानको दोस्रो हिमाल थियो।

उनले अन्य पर्वतारोहीलाई चकित पादैं समान्य अवस्थामै आरोहण गरी अन्य आरोहीको ध्यान समेत आर्कषित गरे । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा जन्मिएका पूर्जाले अभियानको सुरुवात नारच्याङमा रहेको ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालबाट गरेका थिए ।

पर्वतारोहणको क्षेत्रमा विश्वभर नै निर्मलसँग छोटो समयमा ८ हजार मिटर उचाईका १४ हिमाल आरोहण, विन्टर सिजन (जाडो याम)मा पाकिस्तानमा संसारकै दोस्रो अग्लो ८ हजार ६ सय ११ मिटर अग्लो के–टु’ हिमाल आरोहण,सबैभन्दा छिटो १० घण्टा १५ मिनेटको समयमा सगरमाथाको शिखरदेखि ल्होत्सेको शिखरसम्म आरोहण गरी किर्तिमान, ५ दिनमा ८ हजार मिटरभन्दा अग्ला सगरमाथा, मकालु र ल्होत्से हिमाल आरोहण र एउटै सिजनमा १७ दिनभित्र दुईपटक सगरमाथा चढेर ३ वटा विधामा गिनिज बुकमा वल्र्ड रेकर्ड राखेका छन् ।

त्यस्तै गोर्खा एक्सीडिसन २०१७ मा १३ जना ब्रिटिस गोर्खाले गरेको सफल सगरमाथा आरोहणको नेतृत्व,सगरमाथा आरोहणको क्रममा मृत्यु पर्खेर बसेका एक अर्का आरोहीलाई समेत उद्धार गर्न सफल भएका पूर्जाले बेलायती महारानीबाट प्रतिष्ठित एमबिई अवार्ड जस्ता आधादर्जन विश्व किर्तिमानीसँगै म्याग्दीमै जन्मिएर म्याग्दीमा रहेका ८ हजार मिटरभन्दा अग्ला दुई हिमाल आरोहण गर्ने म्याग्देलीको रेकर्ड समेत उनीसँग छ ।

आफ्नै किर्तिमानीका बारेमा समेत केही बेर सम्झिनुपर्ने, डायरीमा हेर्नुपर्ने सम्मको रेकर्ड कायम गरेका पूर्जा अहिले नागरिक सम्मान तथा अभिनन्दनमा ब्यस्त छन् ।  पर्वतारोहणको क्षेत्रमा विश्वमै दुलर्भ किर्तिमान कायम गरेका पूर्जाले धौलागिरिबाट प्याराग्लाइडिङ गर्ने धोको रहेको बताएका छन् ।

पोखरामा आयोजित सम्मान कार्यक्रममा पूर्जाले सञ्चारकर्मीसँग आफ्नै जन्मभूमिमा रहेको धौलागिरिबाट प्याराग्लाइडिङ गरेर पोखरा ल्यान्ड हुने चाहना रहेको बताएका थिए । उनले धौलागिरी क्षेत्रमा प्याराग्लाइडिङको सम्भावना रहेको समेत बताए ।

धौलागिरिबाट प्याराग्लाइडिङ सुरु गर्न सरकारले मद्दत गरे सुरुमा आफैँ हाम फाल्ने उनको धोको भएपनि सरकारी निर्णयमा ढिलाई हुने भएकाले जुन काममा पनि हुँदैन भन्ने प्रवृत्ति रहेकाले आफ्नो यो सोच पूरा हुनेमा आफैलाई शंका रहेको बताए । उनले धौलागिरी क्षेत्रलाई एक्सट्रिम स्पोर्टसको हब बनाउन पनि सकिने र प्याराग्लाइडिङ मात्रै सुरु भयो भने पनि धेरैको जीवन बदलिने भएकाले सरकारी निकायसँग समेत छलफल गर्ने बताए । पोखराका सञ्चारमाध्यमको सहयोगमा