मुख्यमन्त्री कप गण्डकी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिताको विजेता खेलाडीलाई जिल्ला प्रहरी कार्यालयले बुधबार एक कार्यक्रम गरी स्वागत तथा सम्मान गरेको छ। प्रथम मुख्यमन्त्री कपको उपाधी जितेका खेलाडीलाई हौसला प्रदान गर्न खेलाडी तथा जिल्ला खेलकुद विकास समितिलाई सम्मानपत्रले सम्मान गरिएको थियो ।

सम्मान कार्यक्रममा प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले प्रहरीको समेत सम्पत्ती भएकाले सम्मान गरिएको बताउनुभयो । ‘म्याग्दीका खेलाडीले जित्दा हामी उत्साहित छौ,‘प्रहरीले समुदायसँग सहकार्य गरी अगाडी बढ्छ’ प्रनाउ राईले भन्नुभयो। उहाँले समुदायसँग मिलेर अपराध न्यूनिकरणको अभियानलाई प्रभावकारी बनाउने समेत उहाँको भनाई छ ।

सोही अवसरमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रमेशकुमार श्रेष्ठ, प्रमुख प्रशिक्षक तेजेन्द्र बानियाँले खेलकुदको क्षेत्रका बजेटको अभावले समस्या भइरहेको बताउनुभयो । त्यस्तै महिला भलिबलकी उप कप्तान पवित्रा सिर्पालीले सम्मानले उर्जा थपिएको बताउनुभयो ।

‘जिल्लालाई प्रदेशस्तरीय उपाधी जिताउन पाउँदा उत्साहिन छौ,‘अब हामीले अझै राम्रो खेल्ने प्रयास गछौं’ सिर्पालीले भन्नुभयो । म्याग्दी जिल्लाको इतिहासमा हालसम्म खेलकुदको क्षेत्रमा प्रहरीले कार्यक्रम आयोजना गरी खेलाडीलाई सम्मान गरेको पहिलो भएको बताउँदै प्रहरीमार्फत ब्यवसायीक खेलकुदमा धेरै राम्रो सहयोग र सहकार्य रहेको खेलाडीको भनाई थियो ।