कम्युनिस्ट पार्टी (नेकपा) विवादको टुंगो नलागेसम्म कुनै पक्षसँग पनि सहकार्य नगर्ने नेपाली कांग्रेसले निर्णय गरेको छ।  पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकले सहकार्यका लागि नेकपा विवादको अन्तिम टुंगोसम्म कुर्ने निर्णय गरेको हो।

बैठकमा सभापति शेरबहादुर देउवाले नेकपाका दुवै समूहले सहकार्यका लागि प्रस्ताव राखेको बताएका थिए।भावी सरकारका लागि हतार नगर्न नेताहरुले बैठकमा सुझाव दिएका थिए।