बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेकी म्याग्देली चेली सपना रोका मगरलाई धम्की दिएको आरोपमा पक्राउ परेका विनयजंग बस्नेतविरुद्ध साइबर अपराधको मुद्दामा कारबाही थालिएको छ । विद्युतीय माध्यमको प्रयोगको दुरुपयोग गरी रोका मगरको बदनाम गरेको भन्दै बस्नेतविरुद्ध विद्युतीय कारोबार ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको हो ।

बस्तेतलाई साइबर अपराधको मुद्धामा कारवाहीसँगै मोबाइल प्रहरी प्रधान कार्यालय, नक्सालमा रहेको डिजिटल फरेन्सिक ल्याबमा पनि पठाएको छ । बिहीबार साइबर अपराध सम्बन्धी कसुरमा कारबाहीका लागि ५ दिन म्याद थप गरिएको छ । जिल्ला अदालत, काठमाडौंले कार्कीविरुद्ध अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

बीबीसीले सार्वजनिक गरेको सन् २०२० को १०० प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरले बस्नेतविरुद्ध काठमाडौं प्रहरी परिसरमा जाहेरी दिएकी थिइन् । सपनाको सफलतासँगै सोही कार्यमा संलग्न भएपनि आफ्नो प्रेमीकाको नाम समेत नपरेको भन्दै बस्नेतले सार्वजनिक रुपमै बदनाम गदैं हिडेका थिए । बस्नेतलाई कडा कारवाही गर्न समेत माग गरिएको छ ।