घर हरेक मानिसको सपना हो । मानिसले आफ्नो जीवनभरीको कमाइको एक महत्वपुर्ण हिस्सा आफ्नो र आफ्नो परिवारको बासस्थानको लागि खर्च गर्दछन् ।

आजभोलि बैकिङ्ग प्रणालीले गर्दा आम मानिस आफ्नो आवासको सपना देख्दछन्

आजको दिनमा सपनाको घर निर्माणको लागि सहज रुपमा कर्जा सुविधा उपलब्ध हुन थालेको छ । बैकिङ्ग सुविधा शहरबाट अब क्रमश गाउँ गाउँमा पुगेको छ र यसको भरपूर प्रयोग गर्न मानिसहरु इच्छुक रहेका छन् । यस्तै हरेक मानिसको सपनाको घर निर्माणमा सहकार्य गर्न सिद्धार्थ बैंकको घर कर्जा सार्वजनिक भएको छ ।बैकले शहरदेखि गाउँसम्म आफ्नो शाखा विस्तार गरी, बैकिङ्ग सुविधा मार्फत आफ्नो नारा “सम्बन्ध सधैभरिलाई” अझै प्रगाढ गर्दै आएको छ । पछिल्लो समय घरजग्गा किन्नेहरूको संख्या बढ्दै गएको छ । दिनानुदिन यस्ता जग्गाहरूको मूल्य पनि बढ्दै गइरहेको छ ।

घरजग्गाको मूल्य बढ्दै जाँदा धेरैलाई चिन्ताको विषय बन्छ, जग्गा कसरी जोड्ने ? तपाईं पनि घरजग्गा कसरी जोड्ने भन्ने चिन्तामा हुनुहुन्छ भने, अब सहज माध्यम बन्न सक्छ, सिद्धार्थ बैंक । घरजग्गा किन्ने सोचमा रहेका ग्राहकहरूलाई ध्यानमा राख्दै सिद्धार्थ बैंकले ल्याएको छ,‘आकर्षक घर कर्जा’ ।

यस कर्जा अन्तर्गत ग्राहकले जग्गामात्रै हैन, प्लट तथा घडेरी खरिद गर्न, आवासीय जग्गा र भवन खरिद गर्न, अपार्टमेन्ट तथा हाउजिङ खरिद गर्न, घरको निर्माण, पुन संरचना तथा मर्मत गर्न समेत कर्जा लिन सकिनेछ । बैंकले अत्यन्तै सरल प्रकृया तथा सस्तो व्याजदरमा सिद्धार्थ घर कर्जा सार्वजनिक गरेको छ ।

सिद्धार्थ बैंकको घर कर्जा, कसरी र कसले लिने ? 

अधिकतम ३० वर्षसम्मका लागि यस्तो कर्जा सुविधा रहेको बैंकले जनाएको छ । जसमा न्यूनतम ५ लाख देखि अधिकतम ८ करोडसम्म कर्जा लिन सकिनेछ ।

आफ्नो आवश्यकता अनुसार ग्राहकले सहज एवम् सरल तरिकाले कर्जा लिन सक्नेछन् । बैंकले विभिन्न पेसामा आवद्ध कर्मचारी, मजदूर, चिकित्सक, इन्जिनियर, चार्टड एकाउन्टेन्ट जस्ता व्यक्तिहरूलाई मुख्य प्राथमिकताका साथ कर्जा उपलब्ध गराउँदै आएको छ । साथै स्वरोजगार, भाडा आय, परामर्श तथा पेन्सनजस्ता स्थिर आय स्रोत भएका व्यक्ति तथा परिवारहरूले पनि घर कर्जा लिन सक्नेछन् ।

कति छ घर कर्जाको ब्याजदर ? 

समय समयमा परिवर्तन हुने ब्याजदरले आम ग्राहकहरुलाई पर्न जाने झन्झट तथा मानसिक तनावलाई पुर्ण रुपमा निर्मुल पार्दै  कर्जा अवधि भरका लागि अहिले नै स्थिर ब्याजदर तोकिदिएको छ । जसले गर्दा ग्राहकले शुरुवात देखि नै सरल एवम् सहज ढंगले किस्ता भुक्तानी गर्न सक्नेछन् ।

यसमा बैंकले पछि ब्याजदर बढाउँछ कि भन्ने चिन्ताबाट ग्राहकहरुलाई मुक्त गरेको छ ।  आकर्षक ब्याजदरमा घर कर्जा लिन सकिने हुनाले ग्राहकहरूले आफ्नो आवश्यकता अनुसार कर्जा सहजै लिन सक्नेछन् भने ब्याजदर परिवर्तन भइरहने तनाव पनि लिनुपर्ने छैन । ग्राहकहरूका लागि बैंकले दिएको यो निकै नै लाभदायी सुविधा हो ।

व्याजदर कसरी लागु भएको छ त ?

मंसिर महिना देखि बैंकले विभिन्न समय अवधिका लागि लिइने ऋणमा छुट्टाछुट्टै ब्याजदर कायम गरेको छ । जस्तो कि बैंकले १ करोड ५० लाख रुपैयाँसम्म ऋण लिँदा ५ वर्षसम्मका लागि ८.४९ प्रतिशत ब्याजदरमा कर्जा दिने छ ।

यस्तै ५ वर्ष देखि १० वर्ष सम्मका लागि ९.७५ प्रतिशत र १० वर्षमाथिका लागि लिने ऋणमा ९.९९ प्रतिशत सम्म ब्याजदर कायम गरेको छ । यसको साथसाथै बैंकले १ करोड ५० लाखभन्दा माथिका लागि ५ वर्षसम्म ८.४९ प्रतिशत, ५ वर्षदेखि १० वर्षसम्मका लागि ९.९९ प्रतिशत र १० वर्ष माथिका लागि १०.४९ प्रतिशत ब्याजदर कायम गरेको छ ।

हाल बैंकको पुस मसान्तको आधार दर ७.३८ प्रतिशत रहेको छ । बैंकले परिवर्तनशील ब्याजदरको हकमा भने आधारदर (बेस रेट) मा शून्य देखि ५ प्रतिशत सम्मको प्रिमियम तोकेको छ । घर कर्जाको लागि लाग्ने प्रशासनिक शुल्क कर्जा रकमको ०.७५ प्रतिशत लाग्नेछ । बैंकको स्थिर ब्याजदरको तालिका तल उल्लेख भए बमोजिम रहेको छ ।

बैंकले ग्राहकको सहजताका लागि धितोको निश्चित प्रतिशत कर्जा रकम प्राप्त गर्न सकिने व्यवस्था गरेको छ । यस अनुसार सामान्य व्यक्तिगत आवासीय घर कर्जाको हकमा धितोको प्रचलित बजार मूल्यको (Fair Market Value)​ ६० प्रतिशत सम्म ऋण पाइनेछ । यसको समेत अलग अलग तरिकाले धितोको निश्चित प्रतिशत कर्जा रकम प्राप्त गर्न सकिने छ । जस्तो कि :

पहिलो पटक घर खरिद वा निर्माण गर्नका लागि कर्जाको हकमा, धितोको प्रचलित बजार मूल्यको (Fair Market Value) ७० प्रतिशतसम्म ऋण पाइनेछ ।

उदाहरणका लागि तपाईंले पहिलो पटक १ करोड रुपैयाँ पर्ने घर खरिद वा निर्माण गर्न खोज्नु भएको छ । यस्तो अवस्थामा सिद्धार्थ बैंकको घरकर्जा लिने हो भने सो १ करोडको ७० प्रतिशत अर्थात ७० लाख रुपैयाँसम्म बैंकले प्रदान गर्ने छ । बाँकी ३० लाख रुपैयाँ तपाईंले आफ्नो तर्फबाट लगानी गर्नु पर्नेछ ।

ऋण भुक्तानी आम्दानी अनूपातको अधिकतम सीमा (Debt Service to Gross Income Ratio)

घरकर्जाको न्युनतम शर्त बमोजिम बैंकले आम्दानी अनुसार घरकर्जा लिने ग्राहकहरुको हकमा केही सिमा निर्धारण गरेको छ ।

उदाहरणका लागि यदि तपाईं सामान्य व्यक्तिगत आवासीय घर कर्जा लिँदै हुनुहुन्छ भने तपाईको मासिक किस्ता आम्दानीको बढीमा ५० प्रतिशत हुन सक्नेछ । यसैगरी पहिलो पटक घर खरिद कर्जा लिँदै हुनुहुन्छ भने मासिक किस्ता आम्दानीको अधिकतम ६० प्रतिशत सम्म गर्न सकिने छ ।

कर्जा भुक्तानी सुविधा  र  अग्रिम भुक्तानीको व्यवस्था

घरकर्जाको भुक्तानी सुविधामा समेत अलग अलग व्यवस्था रहेको छ । यो आम ग्राहकहरुको सहज र सरलताको लागि बिशेष सुविधाको रुपमा बैंकले दिएको अवसर हो ।

बैंकले ग्राहकको सहजताका लागि विभिन्न किसिमको भुक्तानी सुविधा दिएको छ । ग्राहकले आफू अनुकुल हुने गरी मासिक किस्ताबन्दी भुक्तानीमा किस्ता भुक्तानी गर्न सक्नेछन् । यसका अलावा, Ballooning​ भुक्तानी सुविधा र Reverse Ballooning भुक्तानी सुविधा, Variable भुक्तानी सुविधा तथा Equal Principal भुक्तानी सुविधा अन्तर्गत रहेर पनि किस्ता भुक्तानी गर्न सकिनेछ । यस अन्र्तगत ग्राहकको आम्दानीको श्रोत अनुसार मासिक किस्ता रकम फरक  फरक  हुने गरी कायम गरिनेछ ।

ग्राहकले इच्छा अनुसार चाहेको समयमा अग्रिम भुक्तानी गर्न सक्नेछन् भने रु ५० लाखसम्म ऋण अग्रिम भुक्तानी गर्दा कुनै शुल्क लाग्ने छैन । सोभन्दा माथि रकम भुक्तानीमा नेपाल राष्ट्र बैंकले तोके बमोजिमको शुल्क लाग्ने छ ।

ऋणीको योग्यता ? 

कुनैपनि बैक तथा वित्तीय संस्थाबाट कर्जा लिनका लागि अवश्य पनि ऋणीको योग्यता अत्यन्त महत्वपुर्ण आधार हो ।

सिद्धार्थ बैंकको घर कर्जा लिन इच्छुक व्यक्ति अर्थात निवेदकको सो योग्यताको मापदण्ड पुरा भएको हुनुपर्दछ ।

बैंकबाट कर्जा लिने समयमा कर्जावालाको उमेर कम्तीमा १८ वर्ष पुरा भएको हुनुपर्दछ र कर्जा भुक्तानी  हुने समयसम्ममा बढीमा ८० वर्ष उमेर नकट्ने हुनुपर्दछ र अनिवार्य रुपमा नेपाली नागरिकले मात्र यो कर्जा पाउने छन् ।

यसका साथसाथै कर्जा लिनका लागि नियम र सर्त अनुसार साँवा र ब्याज तिर्न नियमित आय स्रोत हुनुपर्ने र प्रदान गरिएको धितोमा एकलौटी हक भएको र कानुनी विवाद नभएको हुनुपर्ने छ ।

माथि उल्लेख गरिए बमोजिमको सम्पुर्ण प्रकृयाहरू बुझिसकेपछि तपाई सिद्धार्थ घर कर्जा लिन योग्य हुनुहुन्छ र घर कर्जा लिनका लागि अन्य आवश्यक कागजातहरू बैंकमा पेश गर्नुपर्ने हुन्छ ।

यस सुविधाका लागि आवेदन दिन तथा थप जानकारीका लागि आफ्नो नजिकैको सिद्धार्थ बैंकको शाखा वा बैंकको ग्राहक सेवा केन्द्र, ०१–५९७००२० मा सम्पर्क गर्न सकिन्छ । Source:lokhantar.com